बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुईजनाको मृत्यु

राष्ट्रपाटी न्युज

कार्तिक २१, २०८०

बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ।

सोमबार राती बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो।

दुर्घटनामा परी ट्याक्सीमा सवार बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–२ का २८ वर्षीय होमबहादुर पुन र बडिगाड गाउँपालिका–६ का ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले जानकारी दिए।

मृतक पुन ट्याक्सी मालिक तथा ट्याक्सी व्यवसायी संघ बुर्तिबाङका उपाध्यक्ष हुन् भने परियार चालक हुन् । ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । दुबैजनाको घटनास्थलमै मृत्यु भएको डिएसपि केसीले बताए ।


Published :कार्तिक २१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media