राष्ट्रपति पौडेलद्वारा भूकम्प प्रभावित क्षेत्रको अवलोकन

राष्ट्रपाटी न्युज

कार्तिक २१, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ ।

मंगलबार राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र पुग्नुभएको हो ।

उहाँले भूकम्पबाट प्रभावित जाजरकोटको भेरी नगरपालिकामा भूकम्पबाट क्षति पुर्‍याएको संरचनाको अवलोकन पनि गर्नुभएको छ ।

यसैबीच राष्ट्रपति पौडेल घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जाजरकोट अस्पताल पुग्नुभएको छ ।

घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूसँग जानकारी लिनुभएका राष्ट्रपति पौडेलले घाइतेहरुको उपचारसहित पीडितलाई गाँसबासको व्यवस्था गर्न सरकारसँग आफूले कुरा गर्ने बताउनुभयाे । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन आग्रह गरेपछि राष्ट्रपति पौडेलले यसबारे सरकारसँग आफूले कुरा गर्ने जवाफ दिनुभएकाे हाे ।

राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठवीसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिँदै हुनुहुन्छ ।

राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मा सहभागी हुनुहुन्छ । सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

गत शुक्रबार राति गएको ६.२ म्याग्निच्यु भूकम्प र यसको आइरहेको पराकम्पबाट जाजकोट र रुकुमपश्चिममा ठूलो धनजनको क्षति भएको छ ।


Published :कार्तिक २१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media