नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक गम्भीर घाइते  

राष्ट्रपाटी न्युज

कार्तिक २६, २०८०

काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बुलिङटारबाट कावासोतीका लागि हिंडेको नु२ज ३२७० नम्बरको जिप  देवचुली नगरपालिका-९ स्थित एसमोडमा आइतबार दुर्घटनामा परेको हो ।

 


Published :कार्तिक २६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media