कालिगण्डकीको प्युघामा जिप दुर्घटना, आठजना घाइते

राष्ट्रपाटी न्युज

कार्तिक २७, २०८०

स्याङ्जा । कालिगण्डकी गाउँपालिका १ प्युघामा गए राती डबल क्याप जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बुटवलबाट करी कोट जाँदै गरेको ग १ ज ७६०४ नं. को जिप उकालोमा अचानक ब्याक हुन जाँदा सडकबाट अन्दाजी २५-३० मिटर तल खस्दा जिपमा सवार चालक सहित सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा कालिगण्डकी १ का ५२ बर्षिया  अति कुमारी गाहा, जिप चालक २४ वर्षीय आशिफ पाण्डे, ३७ वर्षीया जमुना रेश्मी, २४ वर्षीया माया राना, बाणगंगा नपा १० कपिल्वस्तु बस्ने ७४ बर्षिय तुलसीराम गाहा, भुमिसरा गाहा, सुनवल नपा १० कीर्तिपुर नवलपरासीकी २० वर्षीया अञ्जना रेग्मी रहेको प्रहरी निरीक्षक पहल सिंह लामाले बताए ।

घाइते सबैको अवस्था मध्यम रहेको र सात जनाको मिर्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक पाण्डेको सामान्य उपचार पश्चात् प्रहरी नियन्त्रणमा लिइएको छ ।


Published :कार्तिक २७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media