२४ घन्टाभित्र टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार

राष्ट्रपाटी न्युज

कार्तिक २७, २०८०

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्राचार गरेको छ ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालका अनुसार २४ घन्टाभित्र टिकटक बन्द गर्न पत्राचार गरिएको छ ।


Published :कार्तिक २७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media