मौसम पूर्वानुमानः तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपात

राष्ट्रपाटी न्युज

कार्तिक २८, २०८०

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

२०८० कार्तिक २८ गते (मंगलबार) दिउँसोको देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागले अनुरोध गरेको छ।


Published :कार्तिक २८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media