विश्वकप छनौटमा नेपाल युएईसँग ४-० गोल अन्तरले पराजित

काठमाडौं । नेपाल २०२६ को विश्वकप छनोट अन्तर्गत युएईविरुद्धको खेलमा पराजित भएको छ ।

दुबईको अल मकटोउम स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालले पहिलो हाफमा ४ गोल खाएको थियो भने दोस्रो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

यसअघि नेपाल र युएईबीच सन् १९८४ मा खेल भएको थियो । १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११-० गोलले पराजित भएको थियो ।

विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन् ।

अब नेपालले विश्वकप छनौट अन्तर्गत अर्को खेल नोभेम्बर २१ मा यमनविरुद्ध खेल्नेछ । यो खेल काठमाडौँस्थित दशरथ रंगशालामा हुने छ ।


Published :१ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media