धनगढीमा आगलागी हुँदा एक मेडिकलसहित ८ पसलमा क्षति

धनगढी । कैलालीको धनगढीमा गएराति भिषण आगलागी भएको छ ।

आगलागीबाट एक मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति एक बजेदेखि शुरु भएको सो आगलागी अहिले पूर्णरुपमा निभाईएको छ, जसका लागि दुई वटा दमकल र सुरक्षाकर्मीको टोली खटिएका थिए ।

बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । आगो निभाउने र आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।


Published :२ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media