मदन पुरस्कार विजेता ओझाको भव्य सम्मान

राष्ट्रपाटी न्युज

मंसिर २, २०८०

टीकापुर । मदन पुरस्कार विजेता ऐंठन उपन्यासका लेखक विवेक ओझाले मदन पुरस्कारले आफूलाई पूणर्कालीन लेखक बन्न मार्ग प्रशस्त गरेको बताएका छन् ।

ओझाको गृहनगर टीकापुरमा डल्फिन मिडिया प्रालिद्वारा सञ्चालित हाम्रोपत्र डटकमले आयोजना गरेको सम्मान कार्यक्रममा उक्त कुरा बताएका हुन्।

‘नेपालमा लेखेरै जीवन निर्वाह गर्न कठिन भइरहेको अवस्थामा ऐंठनले पाठकबाट प्रशस्त माया, स्नेह पाएको छ। मदन पुरस्कार प्राप्त गरिसकेपछि मलाई पूणर्कालीन लेखक नै बन्नका लागि जिम्मेवारी बोध भएको छ,’ उनले भने।

कार्यक्रममा बोल्दै ओझाले नेपालमा भएको परिवर्तन द्वन्द्वले गरेको हो भनिरहँदा द्वन्द्वबाट प्रभावितहरूको पक्षबाट सोच्नुपर्ने बताए।

गृहनगरमा सम्मानित हुँदा उनले खुशी व्यक्त गरे ।

मिडिया प्रालिका अध्यक्ष टोपप्रकाश विकको अध्यक्षतामा भएको कार्यक्रममा ओझालाई सम्मान पत्र, दोसल्लासहित सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं हाम्रोपत्रका प्रधान सम्पादक योगेश रावलले ऐंठन सशस्त्र द्वन्द्वको एउटा दस्तावेज भएको बताए।


Published :मंसिर २, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media