छठको मुख्यपूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिइयो (तस्बिरसहित)

राष्ट्रपाटी न्युज

मंसिर २, २०८०

महोत्तरी । अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्वको मुख्यपूजा मनाइएको छ । आइतबार साँझ पायक पर्ने जलाशयमा गई अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ अर्पण गरिएको हो।

घाटको अगाडि रहेको जलभित्र पसेर व्रतालुले घरमा पकाइएको ठकुवा, भुसुवा, टिकिया, मिठाई (खाजा) फलफूल, नौवैद्य, उखु, नरियल, केरा लगायतका प्रसाद सूर्यलाई अर्घ दिइएको हो।

व्रतालुहरू रातिको समयमा जाग्राम बस्नुपर्ने भएकोले घाटमा टेन्ट, पण्डाल लगाएर  घाटलाई रंगिविरंगी र झिलिमिली बनाइएको छ। व्रतालुहरू अब भोलि पुनः जलाशयमा पगि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुनेछ।

इनारमै घाट निर्माण गरी छठपर्व मनाइएको छ। महोत्तरीको गौशाला नगरपालिका, बर्दिवास नगरपालिका, भंगहा नगरपालिका लगायतका क्षेत्रमा नदी, ताल, तलाउ लगायतका कुनै जलाशयको व्यवस्थापन नभएको स्थानमा इनारमै छठपर्वको हरेक विधि मनाइएको हो। इनारको अगाडि कृत्रिम घाट बनाएर पूजा गरिएको हो।


Published :मंसिर २, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media