इजरायलद्वारा दक्षिण अफ्रिकाबाट राजदूत फिर्ता

काठमाडौं । इजरायलसँगको सम्बन्धबारे निर्णय लिन दक्षिण अफ्रिकाको सदनमा मतदान हुँदै छ । इजरायली दूतावास बन्द गर्ने र गाजामा युद्धविराम लागू नभएसम्म इजरायलसँग सबै सम्बन्ध तोड्ने प्रस्तावमा दक्षिण अफ्रिकाको संसदमा मतदान हुने कार्यक्रम छ ।

तर, यसअघि इजरायलले दक्षिण अफ्रिकामा रहेका आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ । इजरायलले परामर्शकाक लागि आफ्नो राजदूतलाई जेरुसेलम फिर्ता बोलाइएको हो ।

गत ७ सेप्टेम्बरमा हमासले इजरायलमाथि आक्रमण गरेसँगै दोहोरो आक्रमण भइरहेको छ । गाजामा भएको आक्रमणले लाखौँ मानिसको जीवन संकटमा परेका समाचार आइरहेका छन् ।


Published :५ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media