विद्यार्थी पलायनबाट देशको युवा जनशक्ति र ढुकुटी बाहिरियोः प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्र नभई ढुकुटी पनि बाहिरिएको बताएका छन् ।

मंगलबार दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी—२०२३ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पलायनलाई रोक्नका लागि शिक्षा नीतिलाई सकेसम्म युवा उपयोगी बनाउनुपर्ने आवश्यकता भएको बताएका हुन् ।

उनले देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, वैज्ञानिक, जीवनोपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने सवाल आजको हाम्रो महत्वपूर्ण सरोकारको विषय भएको बताए ।

उनले सरकारको नीति, नियम र संविधान तथा कानुनको दायरामा रही निजी व्यवसाय गर्ने व्यवसायीलाई आर्थिक विकासको हिस्सेदार पक्ष मानेर अघि बढ्नुपर्ने धारणा राखे । प्रचण्डले सरकारको अथक प्रयासका कारण अर्थतन्त्रमा सुधार आए पनि दवाबमुक्त भइ नसकेको उनको भनाई छ ।


Published :५ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media