काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका नीतिसँग सहमत नहुनेसँग एकता नहुने बताएका छन् ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेको नीति र संगठनको सुप्रिमेसीलाई खुलस्त स्वीकारेर समाहित भएमात्र एकता गर्ने सकिने धारणा राखेका हुन्।
विगतमा एकताको अनुभव हासिल गरिएको बताउँदै उनले दुई वटा अध्यक्ष राखेर पार्टी एकता हुन नसक्ने प्रष्ट पारे ।
उनले वामपन्थी एकता सुन्दा राम्रो सुनिए पनि अरुका स्वार्थका लागि काम गर्नेसँग एकता हुन नसक्ने स्पष्ट पारे। पार्टी एकता अर्कोले पनि आवश्यकता छ भन्ने ठानेपछि मात्र एकता हुने उनको भनाई छ। ओलीले झण्डा र व्यानर जति भएपनि नेपालमा प्रगतिशिल शक्ति र दक्षिणपन्थी गरी दुईथरी शक्ति मात्र रहेको उल्लेख गरे । ओलीले एकताको मन्त्र जपेर मात्रै पार्टी एकता नहुने स्पष्ट पारे।
पूर्वप्रधानमन्त्री ओलीले आफू सरकारमा हुँदा संसदबाट सर्वसम्मत रुपमा नयाँ नक्सा जारी गर्नुका साथै कार्यकालमा गरेका कामसमेत स्मरण गराए ।
ओलीले एमाले देश बनाउने पार्टी भएकाले अनुशासित सक्रियता आवश्यकता रहेको बताए।
ओलीले प्रतिगमनतिर जानका लागि सरकारलेअनुकुल वातावरण तयार गरेको र प्रतिगामी शक्तिलाई उठ्ने मौका दिएको समेत आरोप लगाए ।