धनकुटाको निगालेमा एकै परिवारका तीनजना मृत फेला

धनकुटा । धनकुटा नगरपालिका-१ निगालेमा तीन जना मृत अवस्थामा भेटिएका छन् ।

संखुवासभाको चैनपुर नगरपालिका नुनढाकी घर भई हाल धनकुटा नगरपालिका -१ निगालेका वर्ष ३५ का टिकाराम गुरुङ झुण्डिएको र ३६ वर्षीया श्रीमती भीमा तामाङ र छोरा वर्ष १० वर्ष आयुष गुरुङको हत्या गरिएको अवस्थामा फेला परेका हुन् ।

स्थानीय मानिकलाल श्रेष्ठको खाली घरमा बसी ज्याला मजदुर काम गर्दै आएका गुरुङले मादक पदार्थ सेवनको कारण घरायसी विवाद हुँदा मृतक गुरुङले घटना घटाएको हुन सक्ने प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाको अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । घटनास्थल धनकुटा–हिले सडक खण्ड अन्तर्गत निगालेमा रहेको छ । घटनाको अनुसन्धान भइरहेको छ । मृतक गुरुङ सुत्ने कोठामा झुण्डिएको अवस्था र उनका श्रीमती र छोरा हत्या गरिएको अवस्थामा छन् ।

मृतक गुरुङकी कान्छी छोरी वर्ष ६ की आसिकी गुरुङ भने छिमेकीको घरमा सुताउन लगिएकाले जिवित छन् ।

मृतकका आफन्त संखुवासभाबाट आउने क्रममा छन् ।

 


Published :७ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media