एमालेद्वारा भूकम्प पीडितका लागि ८० अस्थायी घर निर्माण

काठमाडौं । नेकपा एमालेले ८० वटा अस्थायी घर निमार्ण गरेर भुकम्प पीडितलाई हस्तान्तरण गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीका अनुसार अहिले जाजरकोट र रुकुम पश्चिममा १ हजार १ सय स्वयंसेवक खटिएका छन ।

‘१ हजार १ सयको संख्यामा जाजरकोटमा १२ र रुकुम पश्चिममा १३ गरी हाम्रा २५  स्वयंसेवक समूह भूकम्पपछि उद्दार र पुनः स्थापन कार्यमा खटिएका छन् ।’

अध्यक्ष ओलीले भनेका छन, ‘अहिलेसम्म जाजरकोटमा १३२ र रुकुममा ३५ वटा गरी १६७ वटा भत्किएका घर पन्छाइ सामान उद्दार गरेको छ । एक विद्यालय सहित जाजरकोटमा २९ वटा र रुकुममा ५१ वटा गरी ८० वटा अस्थायी घरटहरा बनाई हस्तान्तरण गरेको छ।’

उनले अगाडि भने, ‘यो चिसोमा छाना बाहिर रहेकालाई छानामुनि ल्याउने काममा सक्रिय पार्टीका सबै साथीहरूलाई धन्यवाद ।’


Published :९ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media