उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीनजनाको मृत्यु, पाँच गम्भीर

उदयपुर । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। अधेरी झर्ना नजिकै दुर्घटनामा परी त्रियुगा नगरपालिका-५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो ।

शनिबार उदयपुरगढी गाउँपालिका-७ मा अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बसमा सवार उनीहरूको ज्यान गएको हो। उनीहरू पिकनिक खाएर फर्कदै गरेका थिए ।

दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरी कार्यालयका अनुसार गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ ।


Published :९ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media