आगामी वैशाख ९ र १० गते लगानी सम्मेलनको तयारी

राष्ट्रपाटी न्युज

१० मंसिर २०८०

काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्नेगरी तयारी थालेको छ ।

९ र १० वैशाखमा हुने ‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा समिति बनाइएको छ । अर्थमन्त्री महत अध्यक्ष रहेको तयारी समितिको बैठक पनि बसेको छ ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा आइतबार समितिको बैठक बसेको हो ।


Published :१० मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media