आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

राष्ट्रपाटी न्युज

१० मंसिर २०८०

काठमाडौं । भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक आरिफ रफको ‘आउँछौ कि भनेर’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक आरिफ रफको आवज रहेको गीतमा मोनिष निरौलाको शब्द सृजना र संगीत छ । सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेको भिडियोमा मोडल अन्जान थापा र सलिना खत्रीको अभिनय रहेको छ ।

देव दोर्जे लामाको छायांकन रहेको भिडियोमा विकाश मगरको सम्पादन, कलर र डिओपी रहेको छ ।


Published :१० मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media