कोशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयकविरुद्ध प्रतिपक्षीको विरोध

राष्ट्रपाटी न्युज

१२ मंसिर २०८०

विराटनगर । कोशी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा यसअघि समावेश भएका कार्यक्रम कटौती भएको भन्दै प्रतिपक्ष दलले विरोध जनाएका छन् ।

मंगलबार प्रदेशसभा बैठकमा प्रतिपक्ष दल नेकपा (एमाले) र राप्रपाका सांसदले उठेर विरोध जनाएका हुन् ।

प्रदेशसभामा सांसदहरूले उठेर विरोध जनाएपछि सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न समय दिएका थिए ।

एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे ।

उपनेता रानाले आफूहरूसँग छलफल भएअनुसार गरिएको सहमतिअनुसार पनि बजेट नआएको गुनासो गरे ।

सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएको भन्दै रानाले प्रतिस्थापन विधेयक पारित नभए के हुने ? भन्दै प्रश्न समेत गरे ।

बजेट अध्यादेश प्रस्थिापन गर्न ल्याएको विनियोजन विधेयकमाथि सोमबारदेखि छलफल भइरहेको छ ।

यस्तौ अर्को सरकार बाहिरको दल राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सहमतिविपरीत बजेट आएको भन्दै आक्रोश व्यक्त गरे ।


Published :१२ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media