सेयर बजारमा एकल अंकको गिरावट

राष्ट्रपाटी न्युज

मंसिर १२, २०८०

काठमाडौं । सेयर बजार एकल अंकले ओरालो लागेको छ  । मंगलबार सेयर बजार २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन २९० वटा कम्पनीको ४७ हजार ३३३ पटक भएको कारोबारमा ४७ लाख २७ हजार ९०२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १०२ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १२७ कम्पनीको ओरालो लागेको छ भने ११ वटाको स्थिर रह्यो ।


Published :मंसिर १२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media