‘एनिमल’को अग्रिम बुकिङ आक्रामक, हालसम्म ३ लाख १५ हजार टिकट बिक्री

राष्ट्रपाटी न्युज

१४ मंसिर २०८०

मुम्बई । रणवीर कपुर अभिनित एनिमलले आक्रामक बुकिङ पाएको छ ।

हालसम्म सो फिल्मले ३ लाख १५ हजार बढी टिकट अग्रिम बुकिङ पाइसकेको छ ।

जसअनुसार पिभिआर नक्समा २ लाख ४८ हजार तथा सिने पोलिसबाट ६७ हजार टिकट अग्रिम बुकिङ गरेको हो । साथै, मिराज ३० हजार र मुभी म्याक्स ११ हजार ५ सयवटा टिकट अग्रिम बुकिङ भएको छ । यससँगै  ‘एनिमल’ रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर बनेको बलिउड बक्स अफिसका क्रिटिक तरण आदर्शले जनाएका छन ।

‘एनिमल’को माग यति धेरै छ कि केही थिएटरले बिहान साढे ७ बजेदेखि शो सुरु गर्ने निर्णय गरेका छन् । ट्रेड विज्ञहरुले ‘एनिमल’ लाई रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर भएको दाबी गरिरहेका छन् । अहिलेको लागि हेर्न बाँकी नै छ ‘एनिमल’ ले बक्स अफिसमा कति कीर्तिमान बनाउने रु हो त्यो अझै शुक्रबारसम्म हुने बुकिङले देखाएको छ ।

एनिमल’ सन्दीप रेड्डी वांगाको निर्देशनमा बनेको हो । कबीर सिंह र अर्जुन रेड्डी फेम सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’ मा रणबीर कपूर बाहेक बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर, तृप्ति डिमरी, शक्ति कपूर र सुरेश ओबेरोय लगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

चलचित्रको संगीत पनि निकै रुचाइएको छ । यो फिल्म डिसेम्बर १ मा हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा हलमा रिलिज हुनेछ।


Published :१४ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media