जेरुसेलममा एक्कासी गोली चल्दा तीनजनाको मृत्यु, तीन गम्भीर

राष्ट्रपाटी न्युज

१४ मंसिर २०८०

जेरूसेलम । जेरुसेलममा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

जेरुसेलममा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जनाएको हो ।

सो गोली हानाहानमा १६ जना घाइते भएको र तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीद्वारा गरिएको प्रारम्भिक अनुसन्धानले संकेत गरेको छ कि दुई बन्दुकधारी, एक एफ १६ राइफल र एक ह्यान्डगनसँग जेरुसेलमको प्रवेशद्वारमा बस स्टपमा आइपुगेका थिए ।

जहाँ तिनीहरूले नागरिकहरूलाई अन्धाधुन्द गोली हान्न थाले । जसको जवाफी कारबाहीमा आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको इजरायली प्रहरीले जनाएको छ ।

उनीहरुको कारभित्र गोली र हतियार फेला परेको पनि प्रहरीले जनाएको छ ।


Published :१४ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media