प्रधानमन्त्रीद्वारा अबुधावीस्थित नेपाली दूतावासको निरीक्षण

राष्ट्रपाटी न्युज

१४ मंसिर २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् ।

कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका हुन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सो निरिक्षणको क्रममा नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिदैँ सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् ।


Published :१४ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media