नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामै रहने

राष्ट्रपाटी न्युज

१५ मंसिर २०८०

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।

यसैगरी पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

१० लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश भएको हो ।


Published :१५ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media