युरोकप २०२४ को ड्रमार्फत् कुन देश कुन समूहमा परे ?

राष्ट्रपाटी न्युज

१७ मंसिर २०८०

काठमाडौँ । युरोकप २०२४ मा हुने युरो कपको समुहको ड्र गरिएको छ ।

युरोकप २०२४ को जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुदै छ ।

गएराती गरिएको ड्र मा स्पेन, इटाली र क्रोसिया एकै समुहमा परेका छन् । समुह बि लाई यस युरोको ग्रुप अफ डेथ भनिएको छ ।

त्यस्तै फ्रान्स र नेदरल्याण्डस पनि एकै समुह डी मा परेका छन् ।

युरोपका २४ देशले भाग लिने युरोकपमा अझै ३ देश प्लेअफबाट छानिन बाँकी रहेको छ ।

अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् ।

प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ । प्लेअफका खेल आगामी मार्चमा हुने छन् ।

समुह ए

जर्मनी. स्कटल्याण्ड, हंगेरी र स्वीजरल्याण्ड

समुह बि

स्पेन, इटाली, क्रोसिया र अल्बानिया

समुह सी

स्लोभेनिया, डेनमार्क, सर्बिया र ईङल्याण्ड

समुह डी

फ्रान्स, अस्ट्रिया, नेदरल्याण्डस र प्लेअफ ए विजेता (पोल्याण्ड, वेल्स, फिनल्याण्ड र इस्टोनिया)

समुह ई

बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेअफ बी विजेता (इजरायल, बोसनिया, युक्रेन र आइसल्याण्ड)

समुह एफ

पोर्चुगल, टर्की, चेक रिपब्लिक र प्लेस सी विजेता (ग्रीस, जर्जिया, काजकिस्तान र लक्जेम्बर्ग)


Published :१७ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media