कोशीका मुख्यमन्त्री कार्कीले तीन मन्त्रीलाई तोकिदिए जिम्मेवारी

राष्ट्रपाटी न्युज

मंसिर १६, २०८०

विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले यसअघि बिना बिभागीयको जिम्मेवारीमा रहेका तीन मन्त्रिलाइ जिम्मेवारी दिएका हुन् ।

जसअनुसार भौतिक पूर्वाधार मन्त्रालयमा कमलप्रसाद जबेगु, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शम्सेर राई र पर्यटन वन तथा वातावरण मन्त्रालयमा गणेश उप्रेतीलाई जिम्मेवारी तोकिएको छ ।

यसरी जिम्मेवारी तोकिएको तीन मन्त्रीहरू तीन पार्टीका हुन । जसअनुसार कानुन मन्त्रालयको जिम्मेवारी पाएका राई नेपाली कांग्रेसमा शेखर कोइराला समूहका हुन् ।

पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका उप्रेती नेकपा माओवादीका हुन भने भौतिक मन्त्रालयका जिम्मेवारी पाएका जबेगु नेकपा एकीकृत समाजवादीका हुन् ।


Published :मंसिर १६, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media