रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्यु भएको पुष्टि

राष्ट्रपाटी न्युज

१८ मंसिर २०८०

काठमाडौं । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेनसँगको लडाइँका क्रममा उनीहरुको मृत्यु भएको हो।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रुसी सेनामा गएका ६ जना नेपालीको हालै मृत्यु भएको जानकारी आएको पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार मृत्य हुनेमा सन्दीप थपलिया (गोरखा), रुपक कार्की वाणगंगा १, कपिलवस्तु, देवान राई पोखरा, कास्की, पितम कार्की पुतलीबजार-५, स्याङ्गजा, राजकुमार रोका मेलुङ्ग-६, दोलखा र गंगाराज मोक्तान इलाम-५, इलामको निधन भएको हो ।

सरकारले रुसी सरकारलाई उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ । नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुससमक्ष अनुरोध गरिएको परराष्ट्रले जनाएको छ ।

साथै नेपाल सरकारले रुसी सरकारलाई उनीहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ ।

‘नेपाल सरकारले रुसी सरकारलाई निजहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Published :१८ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media