नेतृत्वको चाहना बिपरित कपनका तिनवटा वडाको अधिवेशन छुट्टाछुट्टै हुने

राष्ट्रपाटी न्युज

२० मंसिर २०८०

काठमाडौं । कपन क्षेत्रमा पर्ने नेकपा एमाले बूढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ वडा कमिटीहरुले अधिवेसनको छुट्टाछुट्टै मिति तय गरेका छन् । बूढानिलकण्ठ नगरपालिका वडा नं १२ मा भएको तिनवटा कमिटीका पदाधिकारीहरुको संयुक्त बैठकले अधिवेसन छुट्टाछुट्टै गर्ने निर्णय गरेका हुन्।

उक्त बैठकको निर्णय अनुसार वडा नं १० ले पुस १४ गते ,वडा नं ११ ले पुस २८ गते र वडा नं १२ ले मङ्सिर ३० गते वडा अधिवेशन गर्ने भएका हुन्।

कपनका तिनवटा कमिटीहरुको संयुक्त उद्घाटन शत्र गर्न नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला सहितको माथिल्लो कमिटीको चाहना भएपनि तिनवटा वडा कमिटीहरुले बेग्लाबेग्लै समयमा अधिवेसनको आयोजना गर्ने निर्णय गरेका हुन् ।

२०७८ सालमा नेकपा एमालेका पोलिटब्युरो सदस्य कृष्ण राईले सबै वडाले फरक फरक कार्यक्रम गर्न सक्ने भनि दिएको मन्तव्यको हवाला दिंदै अधिवेसन छुट्टाछुट्टै गर्ने निर्णय गरिएको छ। उक्त संयुक्त बैठकमा बूढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी र वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई समेत आमन्त्रितको रुपमा उपस्थित रहेका छन्।

नेकपा एमाले वडा नं १२ कमिटीका अध्यक्ष शंकर प्रसाद भट्टराईको अध्यक्षतामा बसेको सो संयुक्त बैठकमा वडा नं १० कमिटीकी कार्यबाहक अध्यक्ष कमला कार्की ,वडा नं ११ का अध्यक्ष कृष्ण भट्टराई ,वडा नं १११ का उपाध्यक्ष प्रकाश कटवाल , वडा नं १२ का उपाध्यक्ष राजेन्द्र पुडासैनी , वडा नं १० का सचिव शम्भु शरण पौडेल, वडा नं ११ का सचिव अंगुर पौडेल ,वडा नं १२ का सचिव विष्णु प्रसाद भट्टराई , वडा नं १० का सह सचिव नवराज देउजा, वडा नं १२ का उपसचिव खडानन्द लुइटेलको उपस्थिति रहेको थियो।

कपन क्षेत्रमा संयुक्त र भव्य कार्यक्रमको आबश्यकता रहेकोले आफूले त्यसको लागि सुझाव दिएको नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाले प्रतिक्रिया दिएका छन्। यो बिषयमा थप जानकारीको लागि अर्को समाचारको प्रतिक्षा गर्नुहोला ।


Published :२० मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media