दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम पौने ३ अर्ब

राष्ट्रपाटी न्युज

२१ मंसिर २०८०

काठमाडौं । सेयर बजार बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार ११.७३ अंकले वृद्धि भएको सेयर बजार १८५२.७७ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन २९९ कम्पनीको ५३ हजार १४६ पटक भएको कारोबारमा ९५ लाख ५ हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १७५ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ५७ कम्पनीको ओरालो लागेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।


Published :२१ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media