काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।
२२ वैशाख २०७७ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो । तर, राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।
उनको राजीनामा र नयाँ महासचिव नियुक्तिका विषयलाई लिएर सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेलसँग छलफल गरेका छन् ।
गौतमको राजीनामा राष्ट्रपति कार्यालय पुगेर स्वीकृत भएपछि प्रतिनिधि सभाका सचिव पद्म प्रसाद पाण्डेको नाम महासचिवका लागि सिफारिस भएको छ । सभामुख घिमिरे र अध्यक्ष तिमल्सिनाले सिफारिस गरेका हुन ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।