बूढानीलकण्ठ। अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको कार्यक्रम अन्तर्गत नगरपालिकाको प्राङ्गणमा चित्रकला प्रदर्शनीको समापन कार्यक्रम सम्पन्न भएको छ। आज बिशेस समारोह बीच नगर प्रमुख मिठाराम अधिकारि तथा उप प्रमुख अनिता लामाले चित्रकला प्रद्रशनीमा सहभागी चित्रकारहरुलाई मायाको चिनो र प्रमाणपत्र सहित सम्मान गरेका थिए।
“लैङ्गिक हिंसा विरुद्ध हाम्रो सचेतना” अभियानको कार्यक्रमहरुमा प्रत्यक वडामा पोस्टर प्रदर्शनी गर्ने र नगरपालिकाको प्राङ्गणमा विभिन्न चित्रकलाहरुको प्रदर्शनी गरि कार्यक्रम गरिएको हो ।
स्थानीय चित्रकार,विद्यार्थीहरू तथा अन्य चित्रकारहरुद्वारा समाजमा देखिने हरेक किसिमका लैङ्गिक, वर्ण, जातजाती/भाषाभाषी लगायतका हिंसा तथा दुर्व्यवहार सम्बन्धी चित्रहरू प्रस्तुतिमा राखिएका थिए।