मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव रहने

राष्ट्रपाटी न्युज

२८ मंसिर २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेकाे छ ।


Published :२८ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media