विश्वको दबाबले हमासविरुद्धको लडाइँ रोकिँदैनः प्रधानमन्त्री नेतन्याहू

राष्ट्रपाटी न्युज

मंसिर २७, २०८०

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासविरुद्धको लडाई जारी रहने दोहोर्याएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमासविरुद्ध इजरायलको लडाई विश्वको दबाबले पनि नरोकिने बताएका हुन्।

बीबीसीका अनुसार एक्समा भिडियो सार्वजनिक गर्दै उनले भनेका छन्, ‘आफ्ना सेनालाई गुमाउनु परेको पीडालाई सहदै हामी यो लडाई अन्त्यसम्म जारी राख्छौं। अन्तर्राष्ट्रिय दबाबले पनि हमासविरुद्धको लडाई रोक्न सक्दैन। हामी अन्त्यसम्म लडिरहन्छौं।’

अमेरिकी राष्ट्रपति जो बाइडनले मङगलवार प्रतिक्रिया दिँदै भनेका थिए, ‘गाजामाथि आक्रमण गरेर इजरायल विश्वको समर्थन गुमाइरहेको छ।’

उनको यो प्रतिक्रिया पछि इजरायली प्रधानमन्त्री नेतन्याहूको यो भिडियो सार्वजनिक भएको हो।

यसअघि संयुक्त राष्ट्र सङ्घको मङ्गलवारको साधारण सभाबाट गाजामा युद्धविराम सम्बन्धी प्रस्ताव बहुमत ले पारित भएको छ। उक्त प्रस्ताव पारिक पछि इजसरायली विदेश मन्त्री एली कोहेनले हमासविरुद्धको युद्ध विश्व दबाब परेपनि नपरेपनि जारी रहने बताए।

पछिल्लो समय इजरायलले गाजामा आक्रमणलाई थप तीव्र बनाएको छ । (एजेन्सी)


Published :मंसिर २७, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media