कांग्रेसकै नेताहरु अहिलेको सरकार देखेर आजित छन् : केपी ओली

राष्ट्रपाटी न्युज

मंसिर २७, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा बलियो राष्ट्रिय शक्ति निर्माण नभई देशको विकास हुन नसक्ने बताएका छन् ।

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’को क्रममा बिहीबार भोजपुरको पौवादुङ्मा गाउँपालिका-२ को तिवारीभञ्ज्याङमा आयोजित सभामा उनले राष्ट्रिय शक्ति मजबुत नभई देशमा सुशासन कायम हुन नसक्ने दाबी गरेका हुन् ।

उनले देशी विदेशी शक्तिको षड्यन्त्र लगाएर एमालेलाई सरकारबाट बलजफ्ती हटाएपछि देशको अवस्था नाजुक हुँदै गएको बताए ।

ओलीले नेपाली कांग्रेसका नेताहरु नै अहिलेको सरकार देखेर आजित भइसकेको टिप्पणी गरे ।

उनले यो अवस्था देखेर समृद्ध नेपाल, सुखी नेपालीको बनाउन एमाले मिसन ८४ मा होमिएको उनको भनाई छ। उनले अहिलेको सरकार आफ्नै अयोग्यताले ८४ सालसम्म टिक्न सक्ने अवस्थामा भएको दाबी गरे।

उनले एमालेको नेतृत्वको सरकारको पालामा विकास निर्माणमा असाधारण प्रगति गरेको बताए । उनले कृषि उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको समेत बताए ।

एमालेको संकल्प यात्रा आज १५ औं दिनमा पुगेको छ। मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीलगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिका लागि संकल्प यात्रामा  छन्।

 


Published :मंसिर २७, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media