आम जनता पार्टीले आजबाट भन्सार विभाग घेराउ गर्दै

राष्ट्रपाटी न्युज

मंसिर ३०, २०८०

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आजबाट भन्सार कार्यालय घेराऊ गर्ने भएको छ ।

आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले गरेको निर्णय अनुसार पुस १ गते देखि भन्सार बिभाग घेराऊ गर्न लागेको हो ।

शनिबार सम्पन्न आम सम्पर्क मञ्चको राष्ट्रिय भेला “भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजीको लागि पौष १ गते देखि भन्सार बिभागमा धर्ना तथा घेराऊ गर्ने निर्णय गरेको अध्यक्ष प्रभु साहले जानकारी दिए ।

काठमाडौं अनामनगरस्थि तमुबुद्ध सेवा समितिको सभाहलमा सम्पन्न उक्त भेलाले श्रीनारायण प्रसादको नेतृत्वमा ७५ सदस्यीय केन्द्रिय समिति एवं मधेश प्रदेश कमिटीको पदाधिकारी समेत घोषणा गरेको थियो ।


Published :मंसिर ३०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media