एमाले सांसद कोइरीलाई पक्राउ गरेर पनि छाडेको खुलासा

राष्ट्रपाटी न्युज

मंसिर ३०, २०८०

महाेत्तरी । नेकपा एमालेका केन्द्रिय सदस्य सरोज यादवले ५ पुसपछि बर्तमान सरकार ढल्ने दाबी गरेका छन ।

सम्बन्ध स्थानिय, सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ झुलाघाट – चिवाभञ्ज्याङ संकल्प यात्रा सकिए पछी प्रचण्ड सरकार ढल्ने यादवले दाबी गरेका हुन ।

संसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालतले सफाई दिएपछी महोत्तरीको गौशालामा आयोजित शुभकामना कार्यक्रममा बोल्दै मधेश प्रदेशका संसदिय दलका नेता समेत रहेका यादवले ५ पुस पछि सरकार ढल्ने र नया सरकार बन्ने ठोकुवा गरेका हुन् । बैतडीको झुलाघाटबाट १४ मंसिरदेखि सुरु भएको एमाले यात्रा १ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिँदैछ ।

५ गते पत्रकार सम्मेलन गरे पछी यो सरकारको खुट्टाहरु भत्किन्छ, उनले भने, सरकार ढल्ने निश्चित रहेको छ । उनका अनुसार सरकारले जनताको मनोभावनाअनुसार काम नगरेको हुनाले पनि नया बन्ने सरकार केपी शर्मा ओलीकै नेतृत्वमा बन्नेछ । अदालतले सफाई दिनु भन्दा अगाडि फरार रहेका कोइरीलाई समेत एमालेले नै संरक्षण गरेको बताउदै भारतमा पक्राउ गर्दा पनि नेपाल प्रहरी छाडेर आएको उनले खुलासा गरेका छन् ।

पक्राउ परेपछी के गर्ने भन्ने सम्बन्धमा माओवादी केन्द्रका प्रदेश संसद भरत साहसगँ समेत सल्लाह गरेको खुलासा गर्दै जिल्ला अदालतको निर्णय सत्यको पक्षमा भएको उनले बताए ।


Published :मंसिर ३०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media