धनगढीमा म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किँदा सातजना घाइते

धनगढी । कैलालीको धनगढीमा म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत चटकपुरमा भएको सवारी दुर्घटनामा परेर ७ जना घाइते भएका हुन्। आज दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ का ५१ वर्षीय चन्द्र सेढाइ घाइते भएका छन् ।

त्यस्तै म्याजिकमा सवार गौरीगंगा नगरपालिका–१ का १९ वर्षीय विशेष परियार, ५० वर्षीय अर्जुन तिम्सीना, ५० वर्षीय हरुजंग तिम्सीना, ३५ वर्षीय जसु भट्ट घाइते भएको प्रहरीले बताएको छ।

त्यस्तै धनगढी उपमहानगरपालिका–१३ का ३५ वर्षीय विष्णु चन्द, बझाङको मष्टा गाउँपालिका–४ का ४८ वर्षीय अम्मरराज उपाध्याय पनि घाइते भएका छन्। घाइतेहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

म्याजिक चालक गोदावरी नगरपालिका–६ का प्रेमबहादुर दमाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढीबाट अत्तरिया जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १२६८ नम्बरको म्याजिकले सुदूरपश्चिम प्रदेश ०१००८ प १६३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।


Published :पुस १, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media