आजको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

आज दिउँसो  देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। राति पनि यो क्रमले निरन्तरता पाउनेछ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।


Published :पुस ५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media