डंकी हेर्न पुगेका नेपाली दर्शकलाई शाहरुखको धन्यवाद

मुम्बइ । बलिउड सुपरस्टार शाहरूख खानले डंकी हेर्ने नेपाली दर्शक प्रति आभार प्रकट गरेका छन ।

गत बिहिबार देखी सुरु भएको डंकीको पहिलो शो हेर्ने दर्शकको भिडियोमा प्रतिक्रिया दिदै किंग खान शाहरुखले नेपाली दर्शकलाई धन्यबाद दिएका हुन ।

‘धन्यवाद नेपाल,  तपाईसँग रमाइलो भयो, अब आफ्नो परिवारलाई लिएर सप्ताहन्तमा पनि फिल्म हेर्नुहोस्, यो न्यानो, रमाइलो र भावनात्मक सवारी हो ।’


Published :पुस ७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media