तनहुँमा मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु

तनहुँ  । तनहुँमा मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडक दुर्घटना हुँदा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार राति दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको सो मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा उनीहरु घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा सोमबार बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Published :माघ ८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media