अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री दाहाल सिन्धुली जाँदै

काठमाडौँ । दुधौली नगरपालिकामा निर्माण सम्पन्न भएको नगर अस्पताल समुद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सिन्धुली जाने भएका छन्। सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा १५ बेडको आधारभुत अस्पतालहरु निर्माण गर्ने नितिगत निर्णय गरे अनुसार दुधौली नगरपालिकाले निर्माण गरेको २५ बेडको नगर अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सिन्धुली जान लागेका हुन्।

दुधौली नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिनेश अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डले शनिवार बिहान ११ बजे अस्पताल भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएसँगै अस्पतालका नियमित तथा थप सेवाहरु संचालन हुने छन्। करिब १८ करोड रुपैयाँको लागतमा निर्माण गरिएको अस्पतालमा विशेष गरेर शर्पदंशका बिमारीको उचारका लागी आवश्यक प्रबन्ध मिलाइने नगर प्रमुख अधिकारीको भनाई छ। दुधौली नगरपालिका विषालु सर्पको निक्कै जोखिम भएको पालिका हो। यहाँ हरेक वर्ष जसो सर्पको डाईबाट नागरीकको ज्यान ज्यादै आएको छ ।


Published :माघ २०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media