बाटोमा कुकुर र बिरालोले हैरान पार्यो ? बूढानीलकण्ठ नगरपालिकामा सम्पर्क गर्नुस !!!!

बूढानीलकण्ठ । बाटोमा हिंड्दा वा सवारी साधन चलाउदा कुकुर र बिरालोले हैरान पारेको छ भने अब बूढानीलकण्ठ नगरपालिकामा सम्पर्क गर्दा त्यसको समाधान हुने भएको छ। बूढानीलकण्ठ नगरपालिकाले सामुदायिक कुकुर/बिरालो व्यवस्थापनको उद्देश्य सहित माघ १६ गतेबाट बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप अभियान संचालन गरिरहेको छ।

सामुदायिक कुकुर/बिरालो व्यवस्थापनको उद्देश्य सहित माघ १६ गतेबाट सुरुभएको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप अभियानको आज नगर उपप्रमुख अनिता लामा, पशु सेवा शाखा अधिकृत ओम कुमारी गुरुङ र सम्बन्धीत वडाका जनप्रतिनिधिहरुले संयुक्त रुपमा अनुगमन गरेका छन्। ।

अभियान सञ्चालनको लागी नगरपालिका पशु सेवा शाखाले वडा नं ०२ मा अवस्थित काठमाडौ एनिमल ट्रिटमेन्ट सेन्टर (KAT) , वडा नं ०९ मा रहेको काठमाडौ एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (KAT CLINIC) र एस. पि. ए. ३ वटा संस्थाहरु सँग सम्झौता गरेको थियो ।

आज निस्केको संयुक्त अनुगमन टोलिले काठमाडौ एनिमल ट्रिटमेन्ट सेन्टर (KAT CENTER) र काठमाडौ एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (KAT CLINIC) ले सम्झौता बमोजिम गरिरहेको काम तथा कुकुर/विरालोको अवस्था र अभियानको प्रगतीबारे निरिक्षण गरेको थियो।

१ महिना सम्म चल्ने यस अभियान मार्फत नगरपालिकामा रहेका ५०० भन्दा धैरै सामुदायिक कुकुरको बन्ध्याकरण र व्यवस्थापन हुने पशु सेवा शाखा प्रमुख ओम कुमारी गुरुङले जानकारी दिएकि छन् ।

अभियान अन्तरगत संस्था स्वयं आई त्यसको उद्दार गर्ने र अपरेसन मार्फत बन्ध्याकरण गरी थप व्यवस्थापनमा समेत सहयोग गर्ने भएकोले आफ्नो घरवरपर र टोल छिमेकमा रहेका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गराउन नगरपालिकालाई सहयोग गरिदिन उनले आग्रह गरेकी छन् ।


Published :२९ माघ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media