नेपालद्वारा क्यानडालाई १८२ रनको लक्ष्य

राष्ट्रपाटी न्युज

१० फाल्गुन २०८०

काठमाडौं । नेपाल ए ले क्यानडा- ११ लाई १८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४७ ओभरमा अलआउट हुदै १८१ रन बनाएको हो ।

नेपाल ए का लागि आसुतोष घिरैयाले सर्बाधिक २८ रन बनाए भने अर्जुन कुमालले २७, बशीर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २०, रशिद खान र प्रतिश जिसीले १९-१९ रन बनाएका थिए ।

क्यानडा-११ का बलर निकोलस किर्तोन, डिलोन हेयलिगेर र हर्ष ठाकरले २-२ विकेट लिएका थिए ।

३ खेलको सिरिजमा १-१ को बराबरी रहेकाले यो खेल जित्नेले सिरिज जित्ने अवस्था रहेको छ ।


Published :१० फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media