थापाथलीबाट बच्चा चोरेर एक महिला फरार

राष्ट्रपाटी न्युज

११ फाल्गुन २०८०

काठमाडौं। काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएकी छन् ।

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीले खोजिरहेको छ ।

बच्चा बोकिदिने बहाना गरेर ती महिला बच्चासहित फरार भएकी हुन् ।  दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ ।

 


Published :११ फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media