दोहोरो अंकले घट्यो नेप्से परिसूचक

राष्ट्रपाटी न्युज

१७ फाल्गुन २०८०

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार २९.७० अंकले घटेको सेयर बजार १९७१.०७ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०९ कम्पनीको ७३ लाख ६१ हजार ३६१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड ९४ लाख २७ हजार ९७७ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १६ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको स्थिर छ ।


Published :१७ फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media