बंगलादेशको एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

१८ फाल्गुन २०८०

काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ ।

बिहीबार राति भएको आगलागीमा परेर मृत्यु भएका ४३ जनामध्य ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा र १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको हो ।

आगलागीमा परेका ७५ जनाको जीवितै उद्धार गरिएको छ  ।

लत्ताकपडाकादेखि रेष्टुरेन्टहरू रहेको सो भवनमा ग्यासको चुहावटबाट आगो लागेको अनुमान गरिए पनि कारण भने स्पष्ट खुलिसकेको छैन ।


Published :१८ फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media