गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे माओवादीका दुई मन्त्री बर्खास्त

राष्ट्रपाटी न्युज

फाल्गुन २२, २०८०

पोखरा । केन्द्रीय गठवन्धन परिवर्तनको प्रभाव प्रदेश सरकारहरुमा देखिन थालेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्‌मा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरिदिएका छन् ।

केन्द्रमा गठबन्धन बदलिएसँगै नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले सामाजिक विकासमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशमबहादुर जुग्जालीलाई आज बर्खास्त गरेको जानकारी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार मात्र नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै एमाले, रास्वपा र जसपा साथमा लिएर नयाँ गठबन्धन बनाई मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन् ।

मन्त्री मन्त्री वर्खास्तबारे मुख्यमन्त्री पाण्डेले प्रधानमन्त्री प्रचण्डले जे सिकाए आफूले त्यही गरेको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

 


Published :फाल्गुन २२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media