लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८०

दाङ । लुम्बिनी प्रदेशमा नेकपा माओवादीका दुइ मन्त्री बर्खास्तमा परेका छन् ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई  मन्त्रीलाई  बर्खास्त  गरेका हुन ।

जसअनुसार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री  धनबहादुर  मास्की राना र शहरी  विकास मन्त्री  कृष्णा  केसीलाई  बरखास्त गरेका हुन् ।

केन्द्रमा नेकपा एमालेसँग माओवादी केन्द्रले गठबन्धन गरे पछि नेपाली कांग्रेसवाट निर्वाचित मुख्यमन्त्री चौधरीले माओवादीका दुइ मन्त्री बर्खास्त गरेर बदला लिएका हुन् ।


Published :फाल्गुन २३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media