सुदूरपश्चिम सरकारमा थपिए तीन मन्त्री

राष्ट्रपाटी न्युज

फाल्गुन २६, २०८०

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री शाहले शुक्रबार नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्।

नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला, खुसीराम चौधरी सामाजिक विकास मन्त्रालय र इन्दिरा गिरीले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन्।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शपथ ग्रहण गरेका छन्। नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह नेकपा (माओवादी केन्द्र)ले साथ छोडेसँगै अल्पमतमा परेका छन्। यसर्थ उनले मन्त्रिपरिषद्मा स्वतन्त्र सासद डा तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का खेमादेवी विष्टलाई पनि समावेश गर्ने गरी सहमति जुटेको बताइएको छ।


Published :फाल्गुन २६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media