सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर बने बिनाविभागीय मन्त्री

राष्ट्रपाटी न्युज

फाल्गुन २८, २०८०

धनगढी । मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्तिबाट एक जना मन्त्री थपेका छन्। उनले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई बिना विभागीय मन्त्री बनाएका हुन् ।

प्रदेश प्रमुख देवराज जोशीले सोमबार लक्ष्मण किशोर चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाए। योसँगै सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीका ४ जना मन्त्री र एक जना राज्यमन्त्री भएका छन्। ७ प्रदेश सभा सदस्यमध्ये ५ जना मन्त्री भएका हुन्।

मुख्यमन्त्री शाहले शुक्रबारमात्रै सो पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्द्रा गिरीलाई भूमि ब्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री बनाएका थिए। नागरिक उन्मुक्तिका रामेश्वर चौधरी यसअघि नै भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री थिए।

योसँगै सुदूरपश्चिमको मन्त्रिमण्डलमा आन्तरिक मामिला मन्त्री शिवराज भट्टबाहेक ७ जना मन्त्री कैलालीका मात्रै भएका छन्। भट्ट बैतडीबाट कांग्रेसका प्रदेश सभा सदस्य हुन् ।


Published :फाल्गुन २८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media